Comments Add Comment

सुदूरपश्चिका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

३ भदौ, डडेल्धुरा । सुदूरपश्चिका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि नै डडेल्धुरा लगायतका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो ।

कैलालीको अत्तरियामा रहेको सबस्टेसनमा समस्या आएको हुँदा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख राजमणि बजगाईले बताए ।

अवरुद्ध विद्युत सेवा सुरु गर्न अत्तरियाको सबस्टेसनमा कर्मचारीहरु खटाइएको र छिट्टै विद्युत सुरु हुने प्रमुख बजगाइले बताए ।

विद्युत नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, डोटी र अछाम क्षेत्रका उपभोक्ता मर्कामा परेका छन् ।

विद्युत नहुँदा यस क्षेत्रका संचारमाध्महरु बढी प्रभावित भएका छन् । बिहानबाट विद्युत नहुँदा यस क्षेत्रका अधिकांश संचार माध्यमहरु बन्द रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment