Comments Add Comment

टि्वटरले सर्वसाधारणको एकाउन्ट पनि भेरिफाइड गर्ने, यस्ता छन् शर्त

टि्वटरका प्रयोगकर्ताहरुले सर्वसाधारणको एकाउन्ट भेरिफाई गर्ने प्रणाली अपनाउन सो कम्पनिलाई लामो समयदेखि दवाव दिँदै आएका थिए ।

अहिलेसम्म टि्वटरले एकाउन्ट भेरिफाई गर्ने सुविधा सेलिबि्रटी, स्पोर्ट्सपर्सन, पत्रकार र आफूले इच्छाएका व्यक्तिलाई मात्र दिएको छ । भेरिफाइड अकाउन्टको जनाउ दिन एकाउन्टको निलो पृष्ठभूमिमा सेतो टिक लगाइन्छ ।

अब यो सेतो टिक सम्पूर्ण प्रयोगकर्ताहरुले हासिल गर्न सक्नेछन् । एउटा मामुली र्फम भरेर उनीहरुले आफ्नो एकाउन्टको भेरिफिकेसनका लागि आवेदन गर्नुपर्ने छ । ‘तर, सबै आवेदकहरु सफल हुँदैनन् । जसले प्रमाण पुर्‍याउन सक्छ उसैको एकाउन्ट भेरिफाइड हुन्छ,’ टि्वटरमा प्रकाशित गरिएको एक ब्लगमा भनिएको छ ।

यसअघि पनि टि्वटरले एकाउन्ट भेरिफाइका लागि आवेदन गर्न प्रयोगकर्ताहरुलाई खुला गरेको थियो, तर थेगिनसक्नु गरी आवेदन आएपछि त्यो फिचर बन्द गरेको थियो ।

कसरी आवेदन गर्ने ?

प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण कम्पनीमा पठाउनुपर्छ । बढिभन्दा बढि सूचना भएका टि्वटर एकाउन्ट भेरिफाइड हुने सम्भावना बढि हुन्छ ।

एउटा अनलाइन र्फमबाट प्रक्रिया सुरु हुन्छ । यसमा एकाउन्टसँग जोडिएको फोन नम्बर, इमेल एड्रेस, बायोग्राफी, प्रोफाइल फोटो र हेडर फोटो, बर्थ डे, एउटा वेवसाइट उल्लेख गर्नुपर्छ ।

यतिले मात्र पुग्दैन । कम्पनीले तपाईंको एकाउन्ट के कारणले भेरिफाई गर्न चाहनुहुन्छ भनेर सोध्नेछ । त्यसको चित्तबुझ्दो जवाफ दिनु आवश्यक पर्छ ।

टि्वटरले भनेको छ, ‘आवेदन गर्दा तपाईंले आफ्नो पहिचान पुष्टी गराउनका निम्ति सरकारद्वारा जारी परिचय पत्र -जस्तै, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स) को प्रमाणित कपि समावेश गर्नुपर्ने छ ।’

यो पनि भनिएको छ कि इच्छुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल र हेडरमा सही नाम र फोटो राखुन् । भेरिफाइड हुन खोजिरहेको कुनै कर्पोरेट एकाउन्ट कम्पनी सम्वद्ध इमेल एड्रेससँग जोडिएको हुनुपर्छ ।

टि्वटरले कति संख्यामा प्रयोगकर्ताहरुलाई भेरिफाईड गर्ने भन्ने प्रष्ट पारेको छैन । अस्वीकृत हुनेहरुले एक महिनापछि पुन आवेदन दिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment