Comments Add Comment

हराएको हिराको औँठी १३ वर्षपछि गाजरमा भेटियो

क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी १३ वर्ष पहिले घरकै बगैँचामा हराएको थियो । त्यो सन् २००४ को कुरा थियो । अहिले मेरी ८४ वर्षकी छिन् ।

हराएको यति लामो समय हुुँदा समेत फेला नपरेपछि औँठी भेटिने आश उनले मारिसकेकी थिइन् । तर हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारिन्, एउटा गाजरको साथमा ।

सायद भाग्य यसैलाई भन्छन् । अझ रोचक त के भने मेरीले हिराको औँठी हराएको कुरा आजसम्म कसैलाई पनि भनेकी थिइनन् । आफ्नो लोग्नेसँग पनि लुकाएकी थिइन् कुरा । तर छोरालाई भने आमाको औँठी हराएको थाहा थियो । औँठी हराएको कुरा लुकाउन उनले बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औँठी किनेर लगाउने गरेकी थिइन् ।

गत सोमबार मेरीकी बुहारीले जब खानका लागि करेसाबारीबाट एउटा गाजर उखेलिन् तब हिराको औँठीको रहसय पर्दाफास भयो । वर्षौँसम्म माटोमै रहेको औँठी गाजरमा उनिएको अवस्थामा फेला पारिन् बुहारीले । उखेल्ने बित्तिकै नै अनौठो देखियो गाजर, कम्मर छिनेको जस्तो । जब उनले गाजरलाई पानीमा पखालिन् तब त गाजरले हिराको औँठी लगाएको प्रष्टै देखियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment