Comments Add Comment

चितवनको खैरहनीमा बाल अस्पताल सन्चालन गर्ने तयारी

३ भदाै, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा १०० शय्या क्षमताको बाल अस्पताल सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।

खैरहनी नगरपालिका वडा नं. ७ मा सुल्तनामा ७ विगाहा क्षेत्रफलमा रहेेको ऐलानी जग्गामा बाल अस्पताल सञ्चालनको योजना बनाइएको हो ।

पूर्वपश्चिम राजमार्ग क्षेत्रबाट २.५ किलोमिटरभित्र रहेको सो जग्गामा निर्माणका लागि नगरपालिकाले प्रकृया अघि बढाएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए ।

४५ करोड ५ लाख ९२ हजारको लागतमा सो अस्पताल बनाउने योजना रहेको मेयर चौधरीले बताए ।

खैरहनी पूर्वपश्चिम राजमार्गमो मध्यभाग भएको र सबैतिरबाट यातायातको सहज पहुँच भएकोले नगरपालिका भित्र अस्पताल निर्माण गर्न उपर्युक्त हुने चौधरीले बताए ।

पूर्ण सरकारी स्वामित्वमा रहने गरी यो बाल अस्पताल निर्माण भएमा देशकै दोस्रो ठूलो सरकारी बाल अस्पताल हुनेछ ।

यसको निर्माणमा नगरपालिकाको १० प्रतिशत लगानी हुने मेयर चौधरीले बताए । १० करोड ५ लाख ९२ हजारको भवन निर्माण र २३ करोड ५९ लाखको उपकरण खरिद र बाँकी रकम अस्पताल सञ्चालका लागि खर्च गरिने योजना बनाइएको छ ।

पूर्व अर्थमन्त्री एवम् निर्वाचन क्षेत्र नः १ का सांसद सुरेन्द्र पाण्डेले पूर्वी चितवनमा निर्माण गरिने बाल अस्पतालका लागि नेपाल सरकार र बिभिन्न दाताहरुको आर्थिक सहयोग रकम जुटाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment