Comments Add Comment

बाढीले बगाउँदा माछा सुपरजोनमा ५० करोडको क्षति


३ भदौ, वीरगञ्ज । बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब  ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाइ ( माछा सुपरजोन) सिम्रोनगढ बाराकाअनुसार केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीले करिब सात सय हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरी भत्काउँदा उक्त क्षति भएको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताए ।

माछासुपरजोन कार्यक्रमअन्तर्गत बाराको सिम्रौनगढ नगरपालिका, कचोर्वा, भगवानपुर, विलोनी, पेतपारी गाउँमा एक हजार हेक्टर क्षेत्रफलमा माछा पोखरी खन्ने कामसमेत बाढीले प्रभावित पारेको छ ।

सरकारले सात प्रदेशमा सात वटा सुपरजोन कार्यक्रम लागू गरेअनुरुप बारामा पनि माछा सुपरजोन कार्यक्रम लागू भएको हो । माछा खेतीका लागि बारा जिल्ला उर्वरभूमी भएकाले केही दिनयता आएको वर्षा र बाढीका कारण किसानले व्यावसायिक रुपमा गरेको माछाखेतीमा क्षति पु¥याएको र यसबाट करिब ३२ करोड ५० लाख मूल्य बराबरको माछा क्षति भएको दावी किसानको छ ।

यसैगरी बाराको कोल्हवी नगरपालिकाअन्तर्गत रहेको पोखरीमा बाढीको पानी पस्दा दुई हजार ५०० मेट्रिकटन माछा बगाउँदा करिब रु ५० करोड बराबरको क्षति भएको छ ।

यसैगरी बाढीले माछा ह्याचरी बगाउँदा  ५० करोड र फिगर साइजको माछा बगाउँदा ३० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ ।

बाढीबाट व्यापक मात्रामा माछा बगाएर क्षति पु¥याएकाले पीडितलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग किसानको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment