Comments Add Comment

न्यू डायमन्डलाई शिवम् सिमेन्टको साथ

३ भदौ, काठमाडौं । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमन्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमन्ड एकेडेमी (एनडिए) लाई एक वर्षका लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो ।

सम्झौता अनुसार शिवम् सिमेन्टले न्यू डायमन्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ ।

सम्झौतासँगै न्यू डायमन्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउनेछन् । नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यती रकममा सम्झौता भएको यो पहिलो पटक हो ।

सम्झौतापछि प्रशिक्षक राईले भलिलबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए । राइले थपे- ‘हामीलाई अझ राम्रो गर्ने चुनौती थपिएको छ । आजसम्म जस्तो खेलेका छौँ । त्यसमा दोब्बर राम्रो प्रदर्शन गर्ने र नेपाली भलिलबमा नयाँ आयामा थप्ने हाम्रो लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment