Comments Add Comment

भारत भ्रमणमा डुवान समस्याबारे कुराकानी गर्न पूर्वप्रधानमन्त्रीहरुको सुझाव

३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्रीहरुले आसन्न भारत भ्रमणका क्रममा तराईमा हुने डुवान समस्याबारे कुराकानी गर्न शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

अनासन्न भारत भ्रमणका क्रममा उठाउनु पर्ने एजेण्डाबारे सुझाव लिन प्रधानमन्त्री देउवाले सोमबार पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई भने गएनन् । भट्टराई उपचारपछि आराम गरिरहेका छन् ।

बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले नेपाल र नेपालीको राष्ट्रिय हितलाई ध्यानमा राख्न सुझाएका छन् । साथै राष्ट्रिय हित विपरितका कुनै सम्झौता नगर्न पनि भनेका छन् ।

भारी बर्षापछि तराईमा डुबान हुँदा ठुलो मात्रामा मानविय र भौतिक संरचनामा क्षति पुगेको र त्यसको मुख्य कारण दक्षिण क्षेत्रमा भारतले बनाएका संरचना भएकाले सीमा नजिक निर्माण गरिएको बाँध तथा तटबन्धको पुनर्संरचना गर्नुपर्ने विषयमा वार्ता र छलफल गर्न सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।

पूर्व प्रधानमन्त्रीहरुले नेपालमा उत्पादित वस्तहरु भारतमा सहज ढंगले जान सक्ने वातावरण बनाउनेतर्फ पहल गर्न पनि सुझाव दिएको एमाले नेता समेत रहेका खनालले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नयाँ एजेण्डामा छलफल गर्नु भन्दा विगतमा गरिएका सहमति र सम्झौताको कार्यान्वयनमा केन्दि्रत गर्न चाहेको बताएका छन् । देउवा भदौ ७ गते भारत जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment