Comments Add Comment

मेट्सलाई हराउँदै मोनाकोले बनायो रेकर्ड

३ भदौ, काठमाडौं । मेट्समाथि संघर्षपूर्ण जित हात पारेको मोनाकोले फ्रान्च लिगमा लगातार १५ जितको रेकर्ड बनाएको छ ।

शनिबार भएको खेलमा मोनाकोले केलियन एमबापेको अनुपस्थितिमा मेट्सलाई १-० ले हरायो । पेरिस सेन्ट जर्मेन जान सक्ने अनुमान गरिएको १८ वषर्ीय एमबापेले मोनाको टोलीमा छैनन् ।

मेट्जको घरेलु मैदानमा भएको खेलमा मोनाकोको लागि फल्काओले विजयी गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

मानाकोले गत सिजन पछिल्ला १२ खेल जितेको थियो । यो सिजनमा राम्रो सुरुवात गरेको उसले लगातार तेस्रो जित हात पादै नयाँ रेकर्ड बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment