Comments Add Comment

चार मिनेटभित्र तीन गोलसँगै युनाइटेडको जित

३ भदौ, काठमाडौं । खेलको अन्त्यतिर चार मिनेटभित्र तीन गोल गर्दै म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा स्वान्सीमाथि प्रभावशाली जित हात पारेको छ ।

शनिबार भएको खेलमा युनाइटेडले स्वान्सी सिटीलाई ४-० गोल अन्तरले हराएको हो ।

स्वान्सीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा दुबै टोलीको एकएक प्रहार बारमा लागेको थियो । तर, अन्तिम मिनेटमा इरिक बेलीले गरेको गोलको मदतमा म्यानचेष्टर युनाइटेड पहिलो हाफमा १-० को अग्रता लिन सफल भयो ।

विपक्षीको डिफेन्सलाई तोड्न असफल देखिएको युनाइटेडले ८० औं मिनेटमा लुकाकुको गोलसँगै अग्रता दोब्बर पार्‍यो । यो गोलको चार मिनेटभित्र पल पोग्बा र मार्टिलल पनि गोल गरेपछि युनाइटेड ४-० ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment