Comments Add Comment

भकुन्डेबेसी गोलीकाण्डको छानबिन गर्ने गृहमन्त्रीको बचन

३ भदौ, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावको अघिल्लो दिन काभ्रेको भकुण्डेबेसीमा गोली हानेर नवराज पाठकको हत्या भएको घटना गृहमन्त्रालयले छानबिन गर्ने भएको छ । शनिबार पाठकका परिवारलाई घरमै गएर भेटेका मन्त्री शर्माले छानबिन गर्ने बचन दिएका हुन् ।

माओवादी केन्द्रको प्रथम नमोवुद्ध नगर सम्मेलनमा सहभागी हुन मन्त्री शर्मा भकुण्डेबेसी गएका थिए । पाठक पत्नी बिन्दा पाठकसँग प्रमुख जिल्ला अधिकारी र काभ्रे जिल्लाका प्रहरी प्रमुखसहित भेटघाट गरेर मन्त्री शर्माले छाननिव गरेर दोषीलाई कानुनी दायरामा ल्याउने बताए ।

गत वैशाख ३० गते साँझ नमोबुद्ध-४ स्थित भकुन्डेबेसीमा अज्ञात समूहले गोली हानेर स्थानीय नवराज पाठकको हत्या गरेको थियो । हत्याको विरोधमा स्थानीयबासीले भकुण्डेबेसीस्थित जनकमावि केन्द्रमा मतदान बहिस्कार गरेका थिए । पाठकलाई शहिद घोषणा गर्दै क्षतिपूर्तिवापत १० लाख रुपैयाँ दिने, घटना छानबिन गरी दोषीलाई कारबाही गर्ने लगायतका सहमति भएपछि स्थानीयबासीले मतदानमा भाग लिएका थिए । सो सहमति अनुसार शहिद घोषणा गरिए पनि दोषीलाई पक्रन प्रहरीले अझै सकेको छैन ।

स्थानीयबासीले सशस्त्र प्रहरीका एक इन्सपेक्टरले नै गोली हानेको आरोप लगाएका छन् । तर, सशस्त्रले भने मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेर भागेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment