Comments Add Comment

अध्यक्ष लोहनीको गाडीलार्इ ट्रकले ठक्कर दियो

३ भदौ, काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी घाइते भएका छन् ।

नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उनी सवारीलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

अध्यक्ष लोहनीले घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गरिरहेका छन् । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment