Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः संविधान संशोधनको गोलचक्करदेखि राहतमै विभेदसम्म

४ भदौ, काठमाडौं । संविधान संशोधन प्रस्तावमाथिको बृहत छलफल संसद्मा आइबार हुँदैछ । आज प्रकाशित अधिकांश पत्रपत्रिकाहरुले संविधान संशोधनबारे लेखेका छन् । पत्रपत्रिकाका अनुसार पक्षमा ३७३ सांसद् देखिएका छन् भने विपक्षमा २२० छन् ।

१२ लाख नयाँ मतदाता थपिएको विषयलाई पनि आज पत्रपत्रिकाहरुले लेखेका छन् । गत साउन १ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन गरेको थियो ।

भारतीय बाँधका कारण तराई डुबानमा परेको भन्दै राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो भारत भ्रमणमा यो विषय उठाउन आग्रह गरेकी छन् । आजका पत्रपत्रिकाहरुले यो विषयलाई पनि स्थान दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै देशमा गएको बाढीपहिरो र समसामयिक विषयका साथै संविधानको कार्यान्वयनका सम्बन्धमा उच्च राजनीतिक समझदारी कायम गर्न राजनीतिक नेतृत्वलाई आग्रह गरेको विषयलाई आजको गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । बूढीगण्डकीमा नेपालको हितलाई ध्यान दिन विज्ञले सुझाव दिएकोदेखि नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएकोसम्मका खबरलाई गोरखापत्रले पहिलो पृष्ठमा समेटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेको विषयलाई अन्नपूर्ण पोस्ट दैनिकले मुख्य खबर बनाएर छापेको छ । विशेषज्ञ चिकित्सक जिल्ला नजाने गरेकोदेखि सशस्त्रको तलब रोकिएकोसम्मका खबरलाई अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुरले पनि राष्ट्रपति र शीर्ष नेताबीच भएको छलफलको विषयलाई नै मुख्य खबर बनाएर छापेको छ भने नयाँ पत्रिका दैनिकले संशोधनमाथि बृहत छलफल आज हुने लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment