Comments Add Comment

चट्याङको डरले ७ महिनादेखि गाउँ अन्धकार

४ भदौ, काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–४ पोखरीवासी ७ महिनादेखि अन्धकारमा छन् । गाउँमा बिजुली नपुगेर उनीहरु अन्धकारमा बसेका भने होइनन् । बिजुलीको लाइनका कारण गाउँमा अत्यधिक चट्याङ पर्न थालेपछि साविकको पोखरी गाविस सल्ले गाउँका सर्वसाधारण आफैंले विद्युत्तको लाइन काटेर ७ महिनादेखि अँध्यारोमा बसिरहेका छन् ।

गत वर्ष परेको चट्याङले गाउँमा तीनजनाको मृत्यु भएपछि डरका कारण बिजुलीको लाइन काटेर अँध्यारोमा बस्न बाध्य भएको स्थानीय महेन्द्र सिग्देलले बताए ।

‘गड्याङ्गुडुङ गर्नेबित्तिकै चट्याङ पर्ने भएकाले स्थानीय धेरै डराए,’ सिग्देलले भने, ‘डरभन्दा ठूलो कुरा केही रहेन छ । आफैंले दुःख गरेर बालेको बिजुली गाउँले आफैंले काटेर बस्न बाध्य भएका छौं ।’ आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment