Comments Add Comment

थपिए १२ लाख मतदाता, तेस्रो चरणको चुनावमा मतदान गर्न नपाउने

४ भदौ, काठमाडौं । निर्वाचन आयोगले एक महिनामा करिब १२ लाख मतदाता थपिएको जनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आयोगले १ साउनबाट एक महिनासम्म देशैभर मतदाता नामावली संकलन थालेको थियो ।

नयाँ पत्रिका दैनिकका अनुसार, यसअघि एक करोड ४० लाख मतदाता थिए । नयाँ मतदातासहित देशभर मतदाताको संख्या एक करोड ५२ लाख पुगेको छ । आयोगले देशभर करिब आठ सय स्थानबाट एक महिनासम्म एकैसाथ फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । ७४४ स्थानीय तहको केन्द्र, हरेक जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगबाट एकैसाथ नामावली संकलन भएको थियो ।
आयोगका अनुसार साउन मसान्तसम्म देशभर साढे १० लाखले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । त्यसपछि राजनीतिक दलहरूको आग्रहमा थपिएको तीन दिनमा करिब दुई लाख मतदाता थपिएको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन अन्तिम दिन देशभरका मतदाता नामावली संकलन केन्द्रमा नागरिकहरूको भिड लागेको थियो ।

निर्वाचन आयोगले थपिएका नयाँ मतदाताले २ असोजमा २ नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा भाग लिन नपाउने बताएको छ । २ असोजमा हुने तेस्रो चरणको निर्वाचनमा निर्वाचन मिति घोषणा हुनुअघि मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान अधिकार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment