Comments Add Comment

कति भयावह अनिन्द्रा ? यस्तो छ असर


भनिन्छ, औसत दैनिक ७ देखि ८ घण्टा मस्त निदाउनुपर्छ । निन्द्रा औषधी समान हो । अर्थात शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ ।

स्वस्थ्य जीवनका लागि खाना जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । यसले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । शरीरका अंगहरुलाई विश्राम मिल्छ । जब हामी निदाउँछौ, केहि अंगले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले बिहान उठेपछि हल्का र फुर्तिलो अनुभव हुन्छ ।

तर, यदि राम्ररी निन्द्रा लाग्दैन वा पर्याप्त समय सुत्नु भएको छैन भने सावधान रहनुहोस् । त्यसले तपाईको शरीरमा अनेक रोगलाई निम्त्याइरहेको हुन्छ । यसरी निन्द्रा नपुगेपछि तपाईको दिनचर्या त प्रभावित हुन्छ नै, स्वास्थ्य पनि खराब हुन्छ ।
अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ । एक अध्ययन अनुसार राती ६ घण्टाभन्दा कम सुत्नेको कम्मरको मोटाइ ८ घण्टा सुत्नेको भन्दा ३ सेमीभन्दा बढी हुन्छ ।

त्यस्तै एक अध्ययनमा पाइएको छ कि, पर्याप्त निन्द्रा नलिनेलाई छातीको क्यान्सर हुने भय हुन्छ । साथै शरीरको कोशिकामा पनि निकै असर पुग्छ ।

रात्रीकालिन काम गर्नेहरुको लागि

रात्रीकालिन काम गर्नेहरुमा केहि न केहि समस्या पैदा भएकै हुन्छ । टाउको दुख्ने, थकान, तौल बढ्ने, तनाव जस्ता समस्या हुन्छ । उनीहरुमा उच्च रक्तचापको अधिक भय हुन्छ । साथै हृदयघातको जोखिम पनि हुन्छ ।
सन् १९८० को तुलनामा अहिले विश्वकै मानिसहरुको तौल दोब्बरले बढेको छ । यसको अनेक कारण हुनसक्छ । तर, त्यसमध्ये अनिन्द्रा पनि एक हो । राती पर्याीत निन्द्रा नलिनेहरु मोटोपनको शिकार भएका छन् । मोटोपनले अनेकौ रोगलाई जन्म दिइरहेको छ ।

अनिन्द्रको सिकार भएका व्यक्तिहरु मानिसक रुपले पनि कमजोर पाइएको छ । उनीहरुको मस्तिष्क र भरपुर निन्द्र लिनेको मस्तिष्कले गर्ने काममा पनि फरक पाइयो ।

किन जरुरी छ ?

– जब तपाईलाई निन्द्रा लाग्छ, तब शरीरका अंगहरु निश्त्रिmय हुन थाल्छ । शिथिल हुन्छ । त्यसैले मस्त सुतेपछि पुन तपाईको शरीरमा नयाँ स्फूर्ति आउँछ ।

– सुतेको समयमा नयाँ कोशिका पैदा हुन्छ र एन्डी बडिज उत्पन्न हुन्छ ।

– निन्द्रा राम्ररी लागेन भने त्यसको असर स्वास्थ्य र सौन्दर्य दुबैमा पर्छ ।

कसरी पाउने त गहिरो निन्द्रा ?

– गहिरो निन्द्रको लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने गतिविधि जारी राख्नुहोस् ।

– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।

– बिहान चाडै उठ्ने प्रयास गरौं र मर्निङवाकमा निस्कने गरौं ।

– गहिरो निन्द्रको लागि ओछ्यान आरमदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम विछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम विछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुन सक्छ । धेरै मुलायम र धेरै कडा विछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।

– सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।

– संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । यो सुत्नेको आदर्श तरिका हो ।

– सुत्नसाथ निन्द्रा लाग्दैन भने केहि पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।

– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् ।

– निन्द्रकाको लागि कुनै औषधी सेवन गर्नु ठीक होइन । त्यसले प्राकृतिक निन्द्रा दिदैन । बरु टाउको दुख्ने र स्वास्थ्य सम्बन्धी अन्य समस्या निम्त्याउने खतरा हुन्छ ।

– शयन कक्षमा यस्तो सामग्री नराखौं, जसले निन्द्रा विथोल्छ । जस्तो टेलिभिजन, कम्प्युटर आदि नराखौ ।

– चामल, आलु जस्ता भोजन रातको समयमा गर्नु उचित हुँदैन । म्यागनेसियमले भरपुर भोजन गर्नुहोस्, जसले गहिरो निन्द्रा लाग्छ ।

– कोठमाको तापमान सन्तुलित हुनुपर्छ ।

– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक-पटक पिसाब लाग्ने भएकाले निन्द्रा विथोलिन्छ ।

– खुट्टा पैतलामा तातो सरस्र्युको तेलले मसाज गर्नुहोस्, यसले पनि गहिरो निन्द्रा लाग्छ ।

– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौ ।

– सुत्नुअघि सबै उपकरण बन्द गरौं, जस्तो कि मोवाइल, टिभी ।

– धेरै शारीरिक मिहेनत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment