Comments Add Comment

कस्तो छ आशिरमान र आनाको ‘ग्याङस्टार ब्लूज’को ओपनिङ ?


शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ग्याङस्टार ब्लूज’को ओपनिङ सुखद रहेको वितरकले बताएका छन् । देशभरका ८० पर्दामा रिलिज भएको यो चलचित्रलाइ दर्शकले मन पराएको निर्माता सरोज न्यौपानेले बताए । शुक्रबार र शनिबारको व्यापारले आफू अत्यन्तै उत्साहित रहेको उनको भनाइ छ ।

काठमाण्डौका केही हलमा पुगेका चलचित्रका मुख्य कलाकार आशिरमान देशराज र नायिका आना शर्मालाइ फ्यानले प्रेम देखाए । आशिरमानलाइ यूवतीहरुले गालामै चुम्बन गरे त आनालाइ भेट्दा रोएका थिए ।

हेमराज वीसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लूज’लाइ मल्टिप्लेक्सले पनि उच्च शो दिएका छन् । आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको वुधबार काठमाण्डौ र बिहिबार पोखरामा प्रिमियर पनि गरिएको थियो ।

नेपालगञ्जमा हुने गरेको ग्याङ फाइटलाइ प्रेमसँग जोडेर निर्देशक वीसीले चलचित्र निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment