Comments Add Comment

चितवनमा डेंगुको संक्रमणः कसरी फैलन्छ, के छ उपचार ?


चितवनमा डेंगुको रोगी भेटिएको छ । चिकित्सकहरुले यसको जोखिमप्रतिसर्तक रहन भनेका छन् । किनभने डेंगुको अहिलेसम्म औषधी बनाइएको छैन ।

यो रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ । खासगरी एडिज प्रजातिको लाखुट्टे जोखिपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाईबाट बच्नु नै हो । किनभने यसको टोकाई एवं संक्रमण निकै घातक हुनसक्छ ।

एडिस लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डा खुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

कसरी थाहा पाउने डेंगु लागेको ?

– डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ ।

– एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ ।

– ज्वरो आउँछ । तर, आम ज्वरोभन्दा यो फरक हुन्छ । किनभने डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।

– कमजोरी अनुभव हुन्छ । साथै चक्कर लाग्छ । कतिपय चक्कर लागेर बेहोस समेत हुन्छ ।

– जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ ।

– पखला लाग्छ ।

– टाउको तथा कम्मर दुख्छ ।

– गंभिर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।

कसरी सर्तक रहने ?

१. घरको आसपास एवं टोल छेउछाउ पानी जम्मा हुन नदिने ।

२. नीमको पात बालेर त्यसको धूँवा घरमा फैलाउने ।

३. पानी राखिएको भाँडा बर्तन खुला नराख्ने ।

४. भान्सा र वाथरुमलाई सुख्खा राख्ने ।

५. झ्याल ढोकामा जाली लगाउने ।

६. शरीर पुरा ढाक्ने पहिरन लगाउने ।

७. सुतेको समयमा मच्छरदानी प्रयोग गर्ने ।

८. घर आसपासमा लामखुट्टे मार्ने औषधी छर्ने ।

के छ उपचार ?

डरलाग्दो त के भने, यसको अहिलेसम्म औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । उल्लेखित लक्षण देखिनसाथ अस्पताल जानुपर्छ । चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।

डेंगु भएपछि शरीरमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सहि दिनचर्या आवश्यक हुन्छ ।

१. सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खानेकुरा सेवन गर्नु हुँदैन । मसलेदार चटपटे खाना बन्द गर्नुपर्छ ।

२. अनार, गहुँको जमराको रस पिउनुपर्छ ।

३. ताजा मौसमी फल सेवन गर्नुपर्छ ।

४. नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ ।

५ भिटामिन सियुक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा सेवन गर्नुपर्छ ।

६. मेवाको पातको रस बनाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment