Comments Add Comment

नेपाल क्रेडिटको नाफा ८७ प्रतिशत बढ्यो, राइट ब्याक उच्च


४ भदौं, काठमाडौं । गत आव २०७३/७४ मा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा ८७ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ७० करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी ४४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट २१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १४ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको १ अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यसपटक पनि सम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले ८२ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ४.८० प्रतिशत रहेको छ भने प्रावधान १ सय २ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रहेको छ । बैंकले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएपछि लगभग २२ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । सञ्चिती रकममा यसअघि बाड्न योग्य रकम रहेमा यो दर बढ्न सक्छ ।

चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफलमा खासै परिवर्तन भएको छैन् । यो दर २३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २८.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.५१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ रहेको छ ।

बैंकको सञ्चिती २ अर्ब ५६ करोड रहेको छ । बैंकको निक्षेप संकलन ९३ प्रतिशतले बढेर ५८ अर्ब र कर्जा लगानी ९३ प्रतिशतले बढेर ४८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७१.४८ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ९.३२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १२.३० रहेको छ ।

बैंकको कर्मचारी लागत १७ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ६ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा २० अर्ब र सेयर धितोमा कर्जा ५ अर्ब ३८ करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment