Comments Add Comment

बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी

४ भदौ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ ।

नगरपालिकाका कर्मचारीको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा तस्वीरसहितको मतदाता नामावली संकलन गरिएको खुलेपछि अन्य राजनीतिक दलहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

मतदाता नामावली संकलन गर्न आएका कर्मचारीहरुले एमाले नगर अध्यक्ष दीपक निराैलाको घरमा राति २ बजेसम्म नामावली संकलन गरेको तर खास मतदाताहरुको नामावली संकलन नगरेको भन्दै बिरोध प्रदर्शन समेत गरेका थिए ।

नामावली संकलन गर्ने उपकरण समेत एमालेका स्थानीय नेता तथा कार्यकर्ताले कब्जा गरेर अाअाफ्नै घरमा नामावली संकलन गरेको अन्य राजनीतिक दलहरूले अारोप लगाएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले यस अघि संकलन गरिएका मतदाता नामावली खारेज गरेर पुनः मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयसंग माग गरेका छन् ।

रातको समयमा नामावली संकलन गर्ने केही व्यक्तिहरुलाई राति २ बजे नै एमाले नगर कमिटी अध्यक्ष निराैलाको घरबाटै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment