Comments Add Comment

बिओकेले संस्थापक सेयर बोलकबोलमा बेच्ने


४ भदौं, काठमाडौं । बैंक अफ काठमाण्डुले संस्थापक सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ ।

बैंकले प्रिमियम सहित प्रतिसेयर २ सय ६६ रुपैयाँको दरमा ६१ लाख ५८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकर संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलानको लागि यो सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि प्रिमियम मूल्य राखेर नै एफपीओमा संस्थापक सेयर बिक्री गरेर सर्वसाधारणमा परिणत गर्न खोजेको थियो । संस्थापक सेयर एफपीओ (थप निष्काशन)को रुपमा जारी गर्न नमिल्ने भन्दै धितोपत्र बोर्डले रोकेको थियो । बैंकले अब लिलाम बढाबढका सेयर बेच्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment