Comments Add Comment

गुल्मीमा झण्डै १६ हजार मतदाता थपिए

४ भदौ, गुल्मी । गुल्मीमा झण्डै १६ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय र जिल्लाका १२ वटै स्थानीय तहबाट १५ हजार ८१४ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

नयाँ मतदाताहरु मध्ये ७ हजार ७६९ जना महिला र ८ हजार ४५ जना पुरु रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

जिल्लामा अन्य जिल्लाबाट १६१ जना मतदाताले नाम दर्ता गराएका छन् ।

जिल्लामा निर्वाचन कार्यालय र १२ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गरिएको थियो ।

गुल्मीस्मा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा नयाँ मतदाता थपिएका छन् । रेसुङ्गामाएक हजार ८८० जना थपिएका छन् । यस्तै सबैभन्दा कम इस्मा गाउँपालिकामा ६८४ जना मतदाता थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment