Comments Add Comment

बार्सिलोनाको अग्रपंक्तिमा मेस्सी एक्लै

बार्सिलोनाले बारम्बार यस्ता परिस्थितिको सामना गरेको छैन । तर, यस्तो अवस्था लालिगाको पहिलो खेलमा आइतबार रियल बेटिसबिरुद्ध देखिँदै छ । नेइमारको बिक्री र लुइस स्वारेज घुँडाको चोटका कारण खेल्न नसक्ने भएपछि बार्सिलोनाको अग्रपंक्तिको जिम्मेबारी लियोअन मेस्सीको काँधमा आएको छ ।

मेस्सीले क्याटलान क्लवको अग्रपंक्ति संहाल्नेछन्, आफ्ना आसपास सपोर्टबिना उनले अहिलेसम्म खेलेका छैनन् । यसअर्थमा उनको आज अग्निपरीक्षा हुनेछ ।

पाको अल्कासर र जेरार्ड डेलोफुलाई नेइमार र स्वारेजको स्थानमा खेलाइनेछ तर उनीहरुले यस भूमिकामा न्याय गर्न सक्ने नदेखिँदा खेलमा धेरै हदसम्म रचनात्मक बोझ यी अर्जेन्टिनी स्ट्राइकरको काँधमा आउँछ ।

स्पेनिस सुपर कपमा रियल मडि्रडबाट पराजित भएपछि सबैको आँखा खुलेको छ र बार्सिलोना यो अवस्थामा कस्तो समस्यासँग जुधिरहेको छ भन्ने प्रष्ट भएको छ । लिगको सुरुवाती खेलमा उसले गर्ने प्रदर्शनको प्रतीक्षा सबैतिरबाट छ ।

सान्टियागो बर्नबाउमा बुधबार राति मेस्सीको बास्तविक खेलकलाको कमी देखियो । मेस्सीको बिकल्पका लागि बार्सिलोनाका नवनियुक्त प्रशिक्षक अर्नेष्टो भाल्भर्डेले सोचिसकेका छन् ।

नेइमार, स्वारेज र मेस्सीको संयोजन यति खतरनाक थियो कि बिपक्षी टोलीलाई कसलाई मार्क गर्ने भन्ने द्विविधा हुन्थ्यो । तर अहिले एक जनालाई मात्र मार्क गर्न निकै सहज हुनेछ ।

यो भन्दा पनि चिन्ताजनक कुरा के हो भने ३० वर्षीय फरवार्डलाई बलमा सन्तुलनता मिलाउन मिडफिल्डको जिम्मा दिन सकिन्छ । तर, यसो भएमा बार्सिलोना अझै असन्तुलित हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment