Comments Add Comment

कुलपतिले हेरे ‘भुइँमान्छे’, कथावस्तु उत्कृष्ट रहेको भनाइ


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘भुइँमान्छे’को कथावस्तु र प्रस्तुतीलाइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुचाएका छन् । आफ्नो परिवारसहित चलचित्र हेर्न सिभिल मल पुगेका उनले १६ बर्षपछि चलचित्र हेरेको बताए ।

उनीसँगै पुगेका कलाकार सन्तोष पन्तले पनि आफूले २ बर्षपछि हलमा पुगेर चलचित्र हेरेको बताए । कुलपति गंगाप्रसाद उप्रेतीले आफूलाइ ट्रेलर नै मन परेकाले चलचित्र हेर्न आएको बताए । उनले नेपाली चलचित्र बन्ने शैली फेरिएको बताउँदै कथावस्तुमा पनि परिवर्तन भएको बताए ।

कलाकार सन्तोष पन्तले बिषयवस्तु आफूलाइ निकै मन परेको बताए । उनले सबैलाइ चलचित्र हेर्नका लागि आग्रह पनि गरे । नवराज बुढाथोकीले निर्देशन गरेको यो चलचित्रमा रमेश वुढाथोकी र सिपोरा गुरुङको मुख्य भूमिका छ । चलचित्रले पोष्टमार्टम गर्ने एक व्यक्तिको भावना, प्रेम र वियोगको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment