Comments Add Comment

राहात वितरण शहर केन्द्रित भएको ग्रामिण क्षेत्रका बाढीपीडितको गुनासो

४ भदौ, विराटनगर । बाढीपीडितका लागि आएको राहत वितरण शहर केन्द्रित भएको पूर्वी मोरङका पीडितहरुले गुनासो गरेका छन् ।

झापासँग सीमाना जोडिएको रतुवामाई नगरपालिकाका २ हजारभन्दा बढी बाढीपीडित जनता अहिलेसम्म राहतको पर्खाइमा छन् । बक्राहा खोलाको बाढीबाट बिस्थापित भएकाहरुले राहत नपाउँदा उनीहरुको बिचल्ली भएको छ ।

वक्राहा खोलाको वाढी पसेर विस्थापित भएका रतुवामाई नगरपालिका ५ लेटीका रमेश राजवंशीले बाढीले घर बगाएपछि एक सातादेखि शिविरमा बसिरहेको र राहतका नाममा केहि नपाएको बताए ।

उनी भन्छन्, ‘खेत बाढीले बगर बनायो, घर र्फकने अवस्था छैन । खान त कुरा छोड्नोस, खुल्ला आकाशमूनि रात बिताउन बाध्य छौं ।’

भीषण वर्षापछि बक्राहा खोलामा आएको बाढी अघिल्लो शनिबार तटबन्ध फुटाएर मानववस्तीमा पसेको थियो । बाढीको मुख्य भंगालो नै मानववस्तीमा पसेपछि करीव ६ घर परिवारका २ हजार जनता विस्थापित भएका छन् ।

उनीहरुलाई रतुवामाई नगरपालिकाले तत्काल केही सहयोग गरेपनि त्यसपछिका दिनमा राहात लिएर उनीहरु भएका स्थानमा कोही नपुगेको विस्थापित कलौरी रायले वताइन ।

मानववस्तीमा खोला पसेका कारण घरबारविहीन भएकाहरुलाई भुजा चिउरा दिने बाहेक तत्कालै घरमा पुनःस्थापना गर्ने सम्भावना समेत नरहेको रतुवामाई नगरपालिकाका मेयर रविन राईले वताए ।

वक्राह खोला पसेपछि तत्काल प्रभावित क्षेत्रका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने र भुजा चिउरा दिने वाहेको अन्य सहयोग गर्न नसकिएको स्वीकार गरे ।

मेयर राइले बिस्थापितहरुलाई राहतका लागि जिल्ला प्रशासनसमक्ष पहल गर्दासमेत सहयोग हुन नसकेको जानकारी दिए । राईले भने, ‘यत्तिका धेरै संघ संस्था राहातमा जुटेको भन्ने सुकेका छौं, सवै शहरमुखी राहात वितरणमा लागेको पाइयो गाउँवस्तीमा राहात जुटाउन हम्मेहम्म्ो भएर पीडितलाई उचित राहत वितरण गर्न हामीलाई भने समस्या भएको छ’

मेयर राईले रतुवामाई नगरपालिकाका अन्तर्गत पूर्वतर्फ वक्राह खोला र पश्चिम तर्फ रतुवा खोलाले विभिन्न स्थानमा कटान गरेकाले सवैभन्दा वढी रतुवामाई नगरपालिकावासी प्रभावित भएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment