Comments Add Comment

दूधे गोल्डकप असोज पहिलो सातादेखि

४ भदौ, झापा । झापाको शिवसताक्षी नगरपालिकामा आगामी असोज ४ गतेदेखि प्रथम दूधे गोल्डकप फुटबल हुने भएको छ ।

आयोजक दूधे युथ क्लबले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।

स्थानीय दूधे खेल मैदानमा हुने प्रतियोगितामा दुई विभागितसहित ८ वटा टोलीले सहभागिता जनाउनेछन् ।

आयोजक दूधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, रुपन्देही-११, चर्च ब्वाइज युनाइटेड, मोरङ-११, हिमालयन शेर्पा क्लब, रमपम झापा-११ र आयोजक मैदानमा उत्रनेछन् ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण-पत्र पाउने आर्थिक विभाग प्रमुख यामनाथ काफ्ले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment