Comments Add Comment

सुविधाका नाममा बालबालिकालाई सास्ती, एउटै बसमा ७० भन्दा बढी विद्यार्थी

४ भदौ, डडेल्धुरा । जिल्लाका केही निजी विद्यालयहरुले बालबालिकाहरुलाई सुविधाका नाममा सास्ती दिने गरेका छन् ।

जिल्लामा रहेका केही निजी विद्यालयहरुले बालबालीकालाई स्कुल बसको नाममा सास्ती भोग्ने बाध्य बनाएका हुन् ।

डडेल्धुराको सदरमुकाम बागबजारमा रहेको क्यामब्रीज पब्लीक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला नजिक रोकिएको हुन्छ र घण्टी बजेपछि विद्यार्थीहरु हुरहुरति बसतिर दौडिन्छन ।

साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । साना विद्यार्थीहहरु दुई जनाको सिटमा ४ जनासम्म बस्छन ।

ठूला विद्यार्थी कोचिएर ढोकैसम्म आइपुग्छन् । संगै बसेका केही शिक्षक हप्काउछन्ा, ‘अलि मिलेर पछाडि बस् ।’

क्यमब्रीज पब्लीक स्कुलका विद्यार्थी यसरी नै विद्यालय आवतजावत गर्छन् । साना विद्यार्थी कोचिएर बस्न बाध्य छन् । स्कुल बसमा आधारभूत तहको लागि प्रति सिट १ : १.५ विद्यार्थी भन्दा बढी हुनुहुँदैन तर क्यामब्रीज पब्लीकले दुई सिटमा चार/पाँच जनासम्म राख्छ ।

कुल ३२ सिट भएको उक्त बसका ७० जना भन्दा बढी विद्यार्थी कोचिएर बस्छन ।

त्यसरी साना बालबालिकालाई कोचाएर राख्नाले आफ्ना बच्चाहरु माथि शारीरिक रुपमा असर पर्ने अभिभावक बताउँछन । तर, विद्यालयका पि्रन्सीपल मोहन श्रेष्ठले आफू त्यस बारे अनविज्ञ रहेको बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment