Comments Add Comment

ताप्लेजुङमा ९ हजार मतदाता थपिए

४ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा करीब ९ हजार मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा ८ हजार ९ सय ६३ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

थपिएका मतदातामा ४ हजार १ सय ६२ महिला र ४ हजार ८ सय १ पुरुष छन् । जसमध्ये सवैभन्दा बढी जिल्ला निर्वाचन कार्यालयबाट ५ हजार २ सय १२ जनाको नामावली संकलन भएको निर्वाचन अधिकारी गणेश अधिकारीले जानकारी दिए ।

ताप्लेजुङ जिल्लामा १ नगरपालिका र ८ गाउँपालिका कार्यालयमार्फत साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटो सहितको मतदाता नामाबली संकलन तथा अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्ने लगायतका काम गरिएको थियो ।

अधिकारीका अनुसार आठराई त्रिवेणि गाउँपालिकामा ५ सय ५५, सिरिजंघामा ६ सय ८३, सिदीङवामा २ सय ४८, फक्ताङलुङमा ६ सय ५०, मिक्वाखोलामा २ सय ४८, मैवाखोलामा ४ सय ४९, मेरिङ्देनमा ५ सय १६ र याङ्वरकमा ४ सय २ तथा सदरमुकामस्थित निर्वाचन कार्यालयबाट ५ हजार २ सय १२ जनाले नामावली दर्ता गराएका हुन् ।

हालै सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनामा ताप्लेजुङमा ७० हजार ७ सय ७८ मतदाता रहेका थिए । अब जिल्लाको कुल मतदाताको टुङ्गो भने केहि समय पछि यकिन हुने अधिकारीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment