Comments Add Comment

अस्ट्रेलियामा नेपालीको नयाँ शिक्षालय

२० अगस्ट, सिड्नी । अस्ट्रेलियामा नेपालीहरुको स्वामित्वमा नयाँ शिक्षालय खुलेको छ ।

सिड्नीको दोश्रो ठूलो सरकारी कार्यालयहरुसहितको सहरी इलाका पारामाट्टामा खुलेको शिक्षालय गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समिति की प्रबक्ता रन्जु थापासहितको स्वामित्वमा खुलेको हो ।

सिड्नी सीटी कलेज अफ म्यानेजमेन्ट नामक शिक्षालयमा औपचारिक अध्यापन भने आगामी सेप्टेम्बर ११ देखि हुने प्रमुख कार्यकारी अधिकृत रन्जु थापाले अनलाइनखबरलाई बताइन ।

गत शुक्रबार शिक्षालय परिसरमा आयोजित एक कार्यक्रममा सिड्नीमा क्रियाशील शैक्षिक परामर्श दाताहरु, गैरआवासीय नेपाली संघका नेताहरु र ब्यबसायीहरुको बाक्लो उपस्थिति थियो ।

अस्ट्रेलियामा भएको नेपाली समाजको पहिलो पुस्ता की इन्द्रा वनले शुभकामना दिदै अनलाइनखबरसंग भनिन-‘अस्ट्रेलियामा नेपालीहरु एक चरणको संघर्षबाट अगाडि बढ्दै नयाँनयाँ ब्यबसायमा सफल हुँदै गएका छन्, यसमा हामी सबैले गर्व गर्नु पर्छ ।’

शुक्रबार आयोजित कार्यक्रममा रन्जु थापाका मातापिता सभासद् गीता वाग्ले र अच्युत वाग्ले, धार्मिक नेतृ मोहन मन्जरी, इन्द्रा वनले संयुक्त रुपमा रिबन काटेर शिक्षालयको औपचारिक उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment