Comments Add Comment

मनासस तीज हर्षोल्लासका साथ सम्पन्न (तस्वीरसहित )

कार्यक्रमबाट संकलित रकम बाढी पीडितको लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई दिने

२० अगस्ट, वाशिंगटन डीसी । बिगत वर्ष झैँ यस वर्ष पनि महिला दिदीबहिनीहरुको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

सधैभरी अपेक्षा गरिएको भन्दा ज्यादा सहभागी हुने भएकोले ठूलो क्षमता भएको कार्यक्रम स्थलमा कार्यकम गरिएको थियो ।

अमेरिका मै जन्मेका,नेपाली बोल्न सिक्दै गरेका र नेपाली पाठशाला पढ्दै गरेका दोश्रो पुस्ताका नेपाली बालिकाहरुले तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

यसको साथै डीसी महानगर क्षेत्रका छेउछाउका सहरबाट आएका समूह, व्यक्तिगत तथा सामूहिक रुपमा तीजका गीतमा नृत्य तथा गीत प्रस्तुति गरेका थिए ।

अधिकांश चेलीबेटीहरु तीजका गीतहरुमा मनोरञ्जन गर्दै नृत्यमा मस्त देखिन्थे ।

कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आफ्नै परियोजना अमेरिका नेपाल शिक्षा सदनको बिशेष सहयोग तथा डीसी वरपरका संघसंस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा भब्य तीज कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा कुनै भाषण र मन्तब्य नराखी संस्थाकि अध्यक्ष कमला खरेलले सबैलाई स्वागत गर्दै नयाँ सदस्य बन्नेहरुलाई संस्थामा स्वागत गरिन ।

अध्यक्ष खरेलले देशमा बाढी पीडितको लागि जेजति रकम संकलन हुन्छ त्यो पैसा धुर्मुस सुन्तली मार्फत पठाउने बताइन ।

डीसी महानगर क्षेत्रमा सक्रिय रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छोडी परदेशमा रहेका दिदीबहिनीहरुलाई माइति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई तीज मनाउदै आएको छ ।

कार्यक्रममा बालबालिकाहरुको लागि बाहिर खेल्ने स्थानको व्यवस्था गरिएको थियो भने कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दर्जनौ महिलाहरुले बिगत बर्ष झैँ एकै प्रकारका पोशाक लगाएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरु पनि नेपाली पोशक दौरा सुरुवालमा आएका थिए ।

कार्यक्रमका केही तस्वीरहरू 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment