Comments Add Comment

फ्यानले दुर्व्यवहार गरेपछि इलियाना लेखिन्-‘म एउटी महिला हुँ’


बलिउडमा समय-समयमा फ्यानले दुर्व्यवहार गरेको भन्दै नायिकाहरुले आक्रोश पोख्ने गरेका छन् । भीडमा फ्यानले गोप्य अंग छुने, धकेल्ने जस्ता काम गरेको भन्दै नायिकाहरुले आक्रोश पोख्ने गरेको घटना नयाँ होइन ।

अब, यस्तै एउटा घटनाको शिकार भएकी छिन् बलिउड नायिका इलियाना डिक्रुज । इलियाना अहिले चलचित्र ‘बादशाहो’को प्रमोशनमा छिन् । यो चलचित्र सेप्टेम्बर १ तारिखबाट रिलिज हुँदैछ ।

इलियानले २ वटा ट्विट गर्दै फ्यानबाट दुर्व्यवहार भएको बताएकी छिन् । उनले पहिलो ट्विटमा लेखेकी छिन्-‘हामी कस्तो संसारमा बाँचिरहेका छौ । म पब्लिक फिगर हुँ, मलाइ थाहा छ कि मसँग प्राइभेट जीवन छैन ।’ यसपछि इलियानाले अर्को ट्विटमा लेखेकी छिन्-‘तर, यसको अर्थ यो होइन कि कुनै पुरुषले मलाइ दुर्व्यवहार गरोस् । म फ्यानलाइ दोधारमा नपर्न आग्रह गर्दछु । अन्तत, म एउटी महिला नै हुँ ।’

उनलाइ पुरुष फ्यानले कस्तो शैलीको दुव्र्यवहार गरेका हुन्, त्यो भने उनले खुलाएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment