Comments Add Comment

एनआरएन मलेसियामा न्यौपाने र तिवारीको उम्मेदवारी


२० अगस्त, मलेसिया ।  गैरआवासीय नेपाली संघ मलेसियाको पाँचौ अधिबेशन आउँदो आइतवार क्वालालम्पुरमा हुदैछ ।

नेपालीहरुको पहिलो श्रम गन्तब्यमुलुक रहेको मलेसियामा हाल ४ लाख ५ हजार ८९८ भन्दा धेरै नेपालीहरुले बैधानिक रुपमा रहेर काम गरिरहेको मलेसियन आधिकारिक निकायहरुले बताएका छन भने हालसम्म गैरआवासीय नेपाली संघमा ११९५ जनाले मात्र सदस्यता लिएका छन् ।

यो आइतबारसम्म उम्मेदवारी दिने भएका कारण क्वालालम्पुरमा रहेको गैर आवासीय नेपाली संघको कार्यालयमा चासो राख्नेहरुको वाक्लो उपस्थिति रहेको थियो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा खगेन्द्र प्रसाद न्यौपाने र रमेशप्रसाद तिवारीले उम्मेदवारी दिएका छन ।

न्यौपाने यस अघि आईसीसी सदस्य र तिवारी यसअघि उपाध्यक्ष पदमा रहेर जिम्मेवारी निभाइसकेका छन् ।

आईसीसी सदस्यमा विश्वविक्रम राई,महेन्द्रजंग शाह र हरिप्रसाद भटटराईले उम्मेदवारी दिएका छन् ।

यसैगरी उपाध्यक्षमा टेकवहादुर टमोटा,श्यामकला तिवारी र सुभद्रा कुमारी लिम्वुको उम्मेदवार परेको छ ।

यसैगरी महासचिवमा सुन्दर आले,सचिवमा रन्जित कुमार क्षेत्री,कोषाध्यक्षमा भिमलाल शर्मा,महिला संयोजकमा सुकमाया थापा,युवा संयोजकमा ज्ञानेन्द्रबहादुर सिंहको मात्र उम्मेदवारी परेको कारण निर्विरोध निर्वाचित भएका छन तर आधिकारिक घोषणा हुन भने बाँकि नै छ ।

यसैगरी सदस्यहरुमा रामचन्द्र नेपाल,दिपक अधिकारी,हरिप्रसाद कोइराला,अस्मिता सुवेदी,नन्दबहादुर क्षेत्री,कृष्णप्रसाद नेपाल,गणेश अधिकारी,वत्तमवहादुर,सुवासचन्द्र पौडेल,बलबहादुर राई,दिलकुमार केरुङ,इन्द्र नारायण लिम्वु,रामहरी सापकोटा,वीरेन्द्र कुमार नेगी,श्रद्धा देवान,राजु ढुगांना,डम्बरबहादुर रोकाया,राजेन्द्र कुमार श्रेष्ठ,रेशम खत्री,जीवन वहादुर घिसिङ, पासाङ लामा र हेमराज सापकोटाको उम्मेदवारी परेको छ ।

लामो समयदेखि नेपाल तथा मलेसियामा रहेर पत्रकारिता गरिरहेका रामचन्द्र नेपालले पनि गैरआवासीय नेपाली संघ मलेसियाको सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

मलेसियामा पत्रकारितासँगै समाजसेवामा सकि्रय रहेका नेपालीहरुको बिचमा निकै लोकप्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment