Comments Add Comment

द ब्रिटिश कलेजका विद्यार्थीले थाले ‘बाढीपीडित सहयोग अभियान’,कलेजको दियो १ लाख

४ भदाै, काठमाडाैं । काठमाडौं स्थित द ब्रिटिश कलेजका विद्यार्थीले तराईका बाढी पीडितको लागि राहत संकलन अभियान सुरु गरेका छन् ।

तराईका जिल्लाहरुमा हालै आएको बाढीबाट प्रभावित भएकाहरुलाई सहायोगको लागि विद्यार्थीहरु पाँच समूह विभाजन भई काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा राहत संकलन सुरु गरेका छन् ।

विद्यार्थीको नेतृत्वमा सुरु भएको यो अभियानले सामाजिक सेवामा द बि्रटिश कलेजका विद्यार्थीहरु उत्साहपूर्वक लागेका छन् । विद्यार्थीहरुले सुरु गरेको यो अभियानमा कलेजका निर्देशक महेन्द्रराज कँडेलले समेत विद्यार्थीहरुसँग हातेमालो गरेका छन् । उनले विद्यार्थीहरुको अभियानमा द ब्रिटिश कलेजको तर्फबाट व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितको लागि एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने समेत बताए ।

संकलन भएको रकमबाट विद्यार्थीहरुले खाद्य सामग्रीहरु, औषधि र मेडिकल सामग्रीहरु, पानी शुद्ध बनाउने सामग्रीहरु, लत्ताकपडा लगायतमा सामग्री खरिद गर्नेछन् ।

विद्यार्थीहरुले ती राहत सामग्रीहरु बाढीले धेरै क्षति पुर्याएको स्थानमा प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार स्थानीय सरकारी अधिकारीहरुसँगको समन्वयमा राहत सामग्री वितरण गन योजना बनाएका छन् ।

यो अभियान अन्तर्गत पहिलो दिनमै ६० हजार रुपैंया संकलन गर्न विद्यार्थीहरु सफल भएका छन् । विद्यार्थीहरुको यो अभियान अझै केही दिनसम्म चल्नेछ ।

द ब्रिटिश कलेजका विद्यार्थीहरुले यसअघि पनि प्राकृतिक प्रकोपको समयमा सहायता प्रदानको क्रममा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment