Comments Add Comment

फेयरफिल्डले आयोजना गर्‍यो नेवारी खाना महोत्सव

४ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल फेयरफिल्ड म्यारीयटले नेवारी खाना महोत्सव आयोजना गरेको छ । यही भदौ २ गतेदेखि सुरु भएको भोज १२ गतेसम्म चल्ने छ ।

१० दिने यो फेस्टीबलमा नेवारी नेवारी खाना साथै नेवारी सँस्कृतिको समेत अनुभव लिन सकिन्छ । स्थानीय खाना तथा सँस्कृतिको प्रबर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको फेयरफिल्ड होटलले जनाएको छ ।

महोत्सवलाई आकर्षक बनाउन होटलले नेवारी सँस्कृति झल्कने नृत्य समेत प्रस्तुत गर्दै आएको छ ।

नेवारी पेय पदार्थका साथै अन्य डेजर्टहरुको पनि सुबिधा छ । यो महोत्सवमा भाग लिन चाहनेले १ हजार ७ सय ५० बाहेक यसमा लाग्ने कर पनि तिर्नुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment