Comments Add Comment

राप्रपा प्रजातान्त्रिक सनाखत गर्न आयोग गएन, सर्वोच्चको मुद्दा हेर्दाहर्दैमा

४ भदौ, काठमाडौं । राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगले दिएको समस्यामा केन्द्रीय सदस्यहरु सनाखत गरेन । यससँगै अब सर्वोच्च अदालतले उसका पक्षमा फैसला गरेन भने दल दर्ता खारेज हुने सम्भावना बढेको छ ।

राप्रपा फुटाएर नयाँ दल गठन गरेका पशुपतिशम्शेर राणाले दल दर्ताका लागि निवेदन लिएका थिए । उनले ६४ केन्द्रीय सदस्यको हस्ताक्षर पनि बुझाए ।

तर, उनीहरु मध्ये केही सभासद मात्र भएको र केही केन्द्रीय सदस्य नभएको भन्दै राप्रपाले उजुरी दिएको छ । त्यसपछि आयोगले केन्द्रीय सदस्यहरुको हस्ताक्षर सनाखत गर्न राप्रपा प्रजातान्त्रिकलाई आइतबारको समय दिएको थियो ।

दल दर्ताका लागि आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्य नपुगेपछि राणा पुरानै हस्ताक्षरका आधारमा दलको मान्यता माग्दै सर्वोच्च अदालतमा पुगे । आयोगलाई भने उनले सर्वोच्चमा रिट दिएकाले उपस्थित हुन नसक्ने जानकारी गराएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार आयोगले भने केन्द्रीय सदस्यहरुको हस्ताक्षर सनाखतका लागि दिएको समयमा कोही नआएको भन्दै प्रमाणित गरेको छ । उनले भने, राप्रपा प्रजातान्त्रिकले आयोगले तोकेको प्रक्रिया पूरा गरेन ।’

आयोगका दुई सदस्य मात्र राजधानीमा रहेकाले दल दर्ता गर्ने नगर्ने निर्णय भएको छैन । भोलि साँझसम्म सबै काठमाडौं आइपुग्ने र पर्सि निर्णय हुन सक्ने सम्भावना छ ।

राणाले दायर गरेको रिट सर्वोच्चमा हेर्दाहेर्दैमा छ । एक अधिकारीले भने, सर्वोच्चले कुनै आदेश दियो भने त्यस अनुसार हुन्छ नभए आयोगले आफ्नो निर्णय गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment