Comments Add Comment

प्रिमियर लिगमा हडर्सफिल्ड दोस्रो जित

४ भदौ, काठमाडौं । हडर्सफिल्डले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ । च्याम्पियनसिप जितेर लिगमा फर्किएको न्यूक्यासलको भने यो लगातार दोस्रो हार हो ।

आइतबार भएको आफ्नो दोस्रो खेलमा हडर्सफिल्डले न्यूक्यासललाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा उसका लागि एरोन मोएले ५० औं मिनेटमा निर्णायक गोल गरे । खेलमा न्यूक्यासल आक्रमक देखिएपनि गोल गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment