Comments Add Comment

देउवाको भारत भ्रमणतालिका तय, साढे चार घन्टा उच्च राजनीतिक भेटघाट हुने

५ भदौ, काठमाडौं । पाँचदिने भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नयाँदिल्ली आउँदै छन् । भदौ ७ देखि ११ गतेसम्मको भ्रमणमा देउवाको उच्च राजनीतिक भेटघाट भने जम्माजम्मी साढे चार घन्टा हुने भएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, भ्रूमणको दोस्रो दिन बिहीबार बिहान नौ बजेदेखि साँझ सात बजेसम्म देउवाको व्यवस्था कार्यतालिका तय भएको छ । साढे ११ बजेदेखि बाह्र बजेसम्म प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा आधा घन्टा वान टू वान भेटघाट हुनेछ ।

त्यसपछि दुई मुलुकका भ्रमण दलका अधिकारीबीच छलफल गरी केही सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । त्यसलगत्तै प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment