Comments Add Comment

राहतको चामलमा पीडितसँगै रकम असुली, पैसा नहुनेले पाएनन्

फाइल तस्वीर

५ भदौ, काठमाडौं । विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वर्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे । अगाडि रहेकाहरुले प्रतिपरिवार ३० किलो चामल पाइरहेका थिए । उनीहरुले चामकल पाएवापत वितरण गर्नेलाई ५० रुपैयाँसमेत बुझाउँदै थिए ।

सन्तोष र घनश्यामले पनि चामल लिने पालो पाए । तर, ५० रुपैयाँ तिर्न नसक्दा उनीहरुले तत्काल राहत पाएनन् । ‘राहत दिने भनेर बोलाइयो, तर ५० रुपैयाँ तिर्नुपर्छ भनेर भने,’ सन्तोषले भने, ‘५० रुपैयाँ छैन भन्दा चामलै दिइएन । राहत पनि बाढीपीडितसँगै पैसा लिएर वितरण गर्ने गरेको पाइयो ।’ ५० रुपैयाँ खोजेर ल्याएपछि मात्रै चामल पाएको उनले सुनाए ।

बाढीले सबै कुरा बगाएपछि हरिबिजोग भएको सुनाउँदै घनश्यामले भने, ‘हामीसँग ५० रुपैयाँ कहाँबाट हुन्थ्यो ? घरमा भएको पैसासमेत बाढीले बगाउँदा साथमका केही पनि रहेन । छोराछोरी र परिवारका अन्य सदस्य भोकभोकै रहने अवस्था आउपछि ऋण खोजेर भएपनि चामल लिइयो ।’विराटनगर–४ की गीतादेवीले पनि राहत लिन जाँदा पैसा मागेको गुनासो गरिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment