Comments Add Comment

पाँच क्षेत्रका डिआइजी हटाएर सात प्रदेशमा एआइजी

५ भदौ, काठमाडौं । सरकारले सात एआइजीलाई प्रदेशको इन्चार्ज बनाएर खटाएको छ । दुई साताअघि बढुवा भएका ११ मध्ये सात एआइजीलाई आइतबार मध्यराति प्रदेश इन्चार्ज बनाएर पठाइएको छ ।

जसअनुसार १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिडमार लामा, ६ मा रणबहादुर चन्द तथा ७ मा विजयकुमार भट्टलाई पठाइएको छ । पाँच क्षेत्रका डिआईजीलाई हटाएर प्रदेश कार्यालयमा सरुवा गरिएको छ ।
महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी एआईजी जयबहादुर चन्दलाई दिइएको छ । पहिलो नम्बरमा एआईजी बढुवा भएका बमबहादुर भण्डारीलाई मुख्यालयमा राखिएको छ । त्यस्तै, देवेन्द्र सुवेदीलाई प्रहरी एकेडेमी, माधव जोशीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । बढुवा भएको १७ दिनपछि एआईजीहरूको पदस्थापन गरिएको हो ।

गत ३२ साउनमै बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरी प्रदेशमा एआईजी खटाउने निर्णय भएको प्रहरी महानिरीक्षक प्रकाश अर्यालद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रिपरिषद्ले पाँच दिनअघि नै सैद्धान्तिक निर्णय गरे पनि सरुवाको सूची भने आइतबार तय भएको हो । प्रशासनिक संरचनाबिनै एआईजीलाई प्रदेशमा खटाउन समस्या हुने भन्दै प्रहरीभित्र असन्तुष्टि छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment