Comments Add Comment

अकुत सम्पत्ति मुद्दाः दीपक मनाङेलाई विशेषको सफाइ

५ भदौ, काठमाडौं । आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा गुन्डा नाइके दीपक मनाङे भन्ने राजीव गुरुङले सफाइ पाएका छन् । विशेष अदालतले उनीसँगै श्रीमती पासाङ डोमा गुरुङलाई समेत सफाइ दिएको आजको नागरिक दैनिकमा खबर छ ।

ठमेललाई आधार क्षेत्र बनाएर आपराधिक गतिविधिमा सक्रिय मनाङेको सम्पत्तिबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेका थिए । व्युरो र विभागले मनाङेसहित ६ जना गुन्डा नाइकेको सम्पत्तिको अनुसन्धान गरेर २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।

विशेष अदालतका न्यायाधीशहरु पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइबार आरोप पुष्टि हुन नसकेको भन्दै दुवैलाई सफाइ दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment