Comments Add Comment

ला लिगामा बार्सिलोनाको सुखद सुरुवात

५ भदौ, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सुखद सुरुवात गरेको छ ।

बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसलाई २–० गोल अन्तरले हराएको छ, जुन खेल बार्सिलोना आक्रमणमा मारिएकाहरुप्रति समर्पित थियो । खेल सुरु हुनु अघि दुबै टोलीका सदस्यले एक मिनेट मौन धारण गरेका थिए ।

घरेलु मैदानमा नाउ क्याम्पमा भएको खेलमा बार्सिलानाले ३६ औं मिनेटमा उपहार गोलबाट अग्रता लियो । जेरार्ड डेउलोफुको क्रस क्लियर गर्ने क्रममा रियल बेटिसका एलिन टिस्कोले आत्मघाती गोल गरेका हुन् ।

तीन मिनेटपछि नै सार्गीले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भएको छ । नेयमारको अनुपस्थिति र लुइस स्वरेज घाइते भएका कारण बार्सिलोनाको फवार्ड लाइन मेस्सीमा निर्भर थियो । तर, उनको प्रहार बारमा लागेर फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment