Comments Add Comment

डडेल्धुरामा खोलाले बगाएर एकजनाको मृत्यु

५ भदौ, डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिका–३ भएर बग्ने पुन्तुरा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

परशुराम नगरपालिका–६, सरकुडा घर भएका ४५ वर्षीय नरबहादुर धामीको खोलाले बगाएर मृत्यु भएको हो । उनी राति ८ बजे जोगबुढा बजारबाट घर फर्किने क्रममा पुन्तुरा खोला तर्दा बगेका थिए ।

खोलाले बगेका धामीको शव आज बिहान बगेको स्थानबाट १ किलोमिटर तल फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले बताएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment