Comments Add Comment

एनआरएनए नाइजेरियाले थाल्यो बाढीपीडितका लागि राहत संकलन

गैरआवासीय नेपाली संघको नाइजेरिया समन्वय समितिले नेपालका बाढीपीडितलाई राहत सहयोग संकलन सुरु गरेको छ ।

संघको कार्य समितीको बैठकले सहयोग संकलन गर्ने निर्णय गरेसँगै आठ सय अमेरिकी डलर संलकन भएको छ ।

संघका सचिव रोशन थापाका अनुसार, आगामी २६ अगस्टमा हुने संघको छैटौं महाधिवेशनको अवसरमा संकलित रकम एनआरएनए बाढीपीडित कोषलाई हस्तान्तरण गरिनेछ ।

यसअघि संघका प्रमुख सल्लाहकार तथा अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए बाढीपीडित राहत कोषमा रु. ५१००० सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment