Comments Add Comment

झापाका अधिकांश बाढीपीडितमा छालासम्बन्धी समस्या

५ भदौ, झापा । जिल्लामा बाढीका कारण सबैभन्दा बढी क्षति व्यहोरेका झापा गाउँपालिकाका अधिकांश बाढीपीडितहरुमा छालासम्बन्धी समस्या देखा परेको छ । १५ सय बाढीपीडितमध्ये अधिकांशमा छालासम्बन्धी समस्या देखा परेको हो ।

पछिल्लो एक सातामा विभिन्न चरणमा गरिएका स्वास्थ्य शिविरमा आउने बिरामीमध्ये ७० प्रतिशतमा छालाको समस्या देखिएको झापा गाउँपालिकाका स्वास्थ्य समन्वयकर्ता एवं कामाटोली स्वास्थ्य चौकीका प्रमुख प्रेम न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

‘बाढीपीडितमा छालाको रोग डरमाटाइटिस, छालाको एलर्जी, लुतोलगायतका समस्या देखा परेका छन्’, उनले भने, ‘त्यसका अलावा केही पीडितमा रुघाखोकी र ज्वरोको समस्या छ ।’

झापाका बाढीपीडितहरु अधिकांश घर फर्कन थालेका छन् । तर, उनीहरुको घरमा बस्न सक्ने अवस्था नरहेपछि खाद्यान्न र बासस्थानको अभाव छ ।

धमाधम राहत वितरण भइरहे पनि सबै पीडितसम्म अझै राहत पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment