Comments Add Comment

फोरमले छान्यो सिरहाका चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार

५ भदौ, सिरहा । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सिरहाको चार नगरपालिका र तीन गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको छ ।

फोरमले सिरहाको लहान नगरपालिकाकाको प्रमुखमा वैधनाथ साह, उपप्रमुखमा रिता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने गोलबजार नगरपालिकाको प्रमुखमा कृष्णकुमार सिंह र उपप्रमुखमा रेनुका यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए ।

त्यसैगरी सिरहा नगरपालिकाको प्रमुखमा अशेश्वर यादव तथा सुखीपुर नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने भगवानपुर गाउँपालिका प्रमुखमा बेचनप्रसाद यादव, उपप्रमुखमा सीतादेवी यादव, सखुवानन्कारकट्टी गाउँपालिका प्रमुखमा रामनारायण यादव, उपप्रमुखमा शोभा यादव तथा अर्नमा गाउँपालिकाको प्रमुखमा अशोककुमार यादवलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य यादवले जानकारी दिए ।

बाँकी रहेका नगरपालिका र गाउँपालिकामा समेत भदौ १० गतेभित्र उम्मेदवार तय गरीसक्ने उनले बताए । यसैगरी नेकपा (एमाले) ले पनि यसअघि नै सिरहाको सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार तय गरिसकेको छ ।

यस्तै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दल पनि जिल्लाको स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवार तय गर्ने अन्तिम तयारीमा रहेका छन् ।

कूल सात नगरपालिका १० गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । निर्वाचनमा भाग लिन सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता रहेको छ भने जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment