Comments Add Comment

मोरङमा करीव ८२ हजार मतदाता थपिए

५ साउन, बिराटनगर । मोरङमा करीव ८२ हजार मतदाता थपिएका छन् । प्रदेश र संघीय संसदको निर्बाचनका लागि निर्वाचन आयोगले आहृवान गरेको फोटोसहितको मतदाता नामावली संकलनमा मोरङमा ८१ हजार ८६२ जनाले नाम लेखाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

थपिएका मतदातामा ४१ हजार ४ सय ७८ महिला र ४० हजार ३ सय ८३ पुरुष रहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्रीय निर्वाचनन कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलका अनुसार थपिएका मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी २० हजार ९ सय ८७ जनाले नामावली दर्ता गराएका छन् ।

साउन १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन भदौ ३ गतेसम्म मोरङ विभिन्न ८ स्थानीय तहलाई केन्द्रमा भएको थियो ।

क्षेत्रीय निर्वाचन कार्यालयसहित मोरङका १६ मध्ये ८  स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलन भएको थियो । मोरङ जिल्लामा बसाइँसराइ गरेर आउनेहरुको चाप बढी भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या पनि बढेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहका कार्यालयका साथै निर्वाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लामा ५ लाख ७२ हजार मतदाता थिए । मोरङ मुलुककै सवैभन्दा वढी मतदाता भएको जिल्लामा समेत पर्दछ ।

नयाँ थपिएका मतदातासमेत जिल्लाको कूल मतदाता संख्या साढे ६ लाख नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment