Comments Add Comment

चितवनमा थपिए ४१ हजार मतदाता

५ भदौ, चितवन । चितवन जिल्लामा भएको फोटोसहितको मतदाता नामावली संकलनबाट ४१ हजार मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको जानकारी अनुसार साउन १ गतेदेखि भाद्र ३ गतेसम्म गरिएको मतदाता नामावली संकलनका क्रममा जिल्लाका ७ वटै स्थानीय तहमा गरी २१ हजार ७ सय ४१ जना महिला र १९ हजार ५ सय २२ पुरुष थपिएका हुन् ।

यसअघि जिल्लामा ३ लाख १३ हजार मतदाता रहेका थिए । मतदाता नामावलीमा जिल्ला बाहिरका १२ सय ४ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

‘सोमबारदेखि नै मतदाता नामावलीमा नाम लेखाउनेहरुको छनौट र प्रोसिङको काम हुन्छ’ प्रमुख ढकालले भने, ‘जिल्लाको ठ्याक्कै डाटा यो होइन ।’

ढकालका अनुसार दोहोरो नाम लेखाउने, बाहिरका जिल्लाका लागि फोटो खिचाएकाहरु र १६ देखि १८ बर्ष नपुगेकाहरुको नामवलीलाई छुट्टाउँदा खास तथ्याङक आउँछ । यसका लागि केही दिन लाग्ने ढकालले बताए ।

१६ बर्षको उमेर पुगेर नागरिकता लिएकाहरुले फोटो सहितको मतदाता नामावली संकलनमा नाम दर्ता गराएपनि १८ बर्ष पुगेपछि मात्रै उनीहरुले भोट दिन पाउनेछन् ।

अहिले १८ बर्ष पुगेकाहरुले आगामी प्रदेश र केन्द्रको निर्वाचनमा मतदान गर्न पाउने प्रमुख ढकालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment