Comments Add Comment

पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले बाढीपीडितलाई डेढ लाख सहयोग गर्ने

अार्थिक सहयाेगका लागि साउदी अरेवीयाको रियादमा अायोजना गरिएको तीज कार्यक्रम ।

२१ अगस्ट, साउदी अरेवीया । पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले बाढी पीडितका लागि १ लाख ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छन् ।

समाजको आकस्मिक बैठकले हालै मात्र नेपालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

एकदुई दिनभित्र काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर सहयोग रकम धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने र सोही फाउन्डेसनमार्फत वास्तविक बाढी पीडितहरूलाई वितरण गर्ने समाजले घोषणा गरेको छ ।

पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले गत १७ अगस्ट, बिहीबारको साँझ साउदी अरेवीयाको राजधानी रियाद शहरमा एक भेटघाट तथा तीज कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा समाजका सदस्यहरू, केही व्यवसायीहरूद्वारा आर्थिक संकलन गरिएको थियो ।

सहभागीहरूबाट उठेको रकम मध्येबाट कार्यक्रममा भएको जम्मा खर्च कटाएर बचेको रकम बाढी पीडितहरूलाई सहयोग गर्ने निर्णय समाजले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment