Comments Add Comment

बाढीप्रभावित क्षेत्रमा सरकारी र निजीस्तरबाट १५ सय स्वास्थ्यकर्मी परिचालित

पानीजन्य रोगबाट सचेत रहन आग्रह

५ भदौ, काठमाडौ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले सरकारी तथा निजी गरी करीव १५ सय स्वास्थ्यकर्मी परिचालित गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले केन्द्रीय स्तरमा स्वास्थ्य आपतकालीन संचालन केन्द (एचईओसी) तथा विपद् व्यवस्थापन कमिटी (डिएमसी) समेत गरी २२ जना, क्षेत्रीय स्तरमा ३८ जना र जिल्ला स्तरबाट ९४६ जनालाई खटाइएको छ ।

त्यस्तै, निजी स्तरबाट करिब ४५० जना स्वास्थ्यकर्मीहरु प्रत्यक्ष रुपमा खटेर बाढी पीडितको व्यवस्थापन गरिरहेको विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै विपद् व्यवस्थापनको लागि नेपाली सेना तथा प्रहरीबाट समेत आवश्यक सहयोग भइरहेको विभागले जनाएको छ ।

विपद् व्यवस्थापनकै लागि स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्य आपतकालीन संचालन केन्द्र तथा विभाग स्तरमा महानिर्देशकको अध्यक्षतामा विपद् स्वास्थ्य कार्यरत समिति तथा विभागका उपमहानिर्देशक चूडामणि भण्डारीको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन भएको थियो ।

त्यस्तै, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी )का निर्देशकको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको छ भने स्वास्थ्य तथा पोषण क्लष्टरको नेतृत्वमा आवश्यक कार्यहरु सम्पादन हुनुका साथै सरसफाई क्लष्टरसँगको समन्वयमा पानी र पानीको शुद्धीकरण तर्फ विभागले संयुक्त रुपमा कार्य गर्दै आएको छ ।

त्यसबाहेक विभागले बाढी प्रभावित सबै जिल्ला, क्षेत्र तथा केन्द्रका र्‍यापिड रेस्पोन्स टिम परिचालन गर्नुका साथै संघसंस्था, निजी अस्पताल, मेडिकल कलेजहरुसँगको समन्वयमा आवश्यक जनशक्ति परिचालन समेत गर्दै आएको छ ।

पानीजन्य रोगबाट सचेत रहन विभागको आग्रह

विभागले बाढी प्रभावित क्षेत्रहरुमा पानीजन्य रोगबाट सचेत रहन आग्रहसमेत गरेको छ । विभागले पानीजन्य रोगका कारण हुनसक्ने हैजा, झाडापखाला, आउँ रगत, टाइफाइड, हेपाटाइटिस ए र ई लगायका रोगको प्रकोप हुन सक्न भन्दै यस्ता रोगबाट सचेत रहन समेत आग्रह गरेका छन् ।

त्यस्तै, मलेरिया, डेंगु, कालाजार, जापानीज इन्सेफलाइटिस लगायतका किटजन्य रोग लगायत मौसमी रुघाखोकी, लेप्टास्पाइरोसिल (मुसाको पिसाबबाट सर्ने रोग), छालाजन्य रोग रोगबाट बच्नको लागि समेत विभागले सबैमा आग्रह गरेको छ ।

त्यसबाहेक, शुद्ध पानी पिउने, पानी शुद्धीकरण गर्न विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment