Comments Add Comment

संविधान संशोधनको विपक्षमा मतदान गर्न राप्रपाको हृवीप

५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्न हृवीप जारी गरेको छ ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सोमबारको व्यवस्थापिका संसद बैठकमा प्रस्तुत हुने संविधान संशोधनको बिधेयकको विपक्षमा मतदान गर्न हृवीप जारी गरेको छ ।

बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भई संशोधन विधेयकको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment