Comments Add Comment

सेञ्चुरी कमर्सियल बैंकको नाफा ८ प्रतिशत बढ्यो


५ भदौं, काठमाडौं । गत आव २०७३/७४ मा सेञ्चुरी कमर्सियल बैंकको नाफा ८ प्रतिशतले बढेर ४४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ४१ करोड ३५ लाख रहेको थियो ।

यससँगै वित्तीय विवरण प्रकाशित गरेका सबै २७ मध्ये २३ बैंकको नाफा अर्बमाथि पुगेको छ । कुल २८ बैंकको नाफामा भने करिब २६ प्रतिशतले वृद्धि भएर ४५ अर्ब २७ करोड पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी करिब २९ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ६ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १८ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १० करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ३ करोड फिर्ता ल्याएको छ । यसपटकसम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले १७ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.१५ प्रतिशत रहेको छ भने प्रावधान १ सय ४० प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ४६ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेर यो दर ७.२२ प्रतिशतमा सिमित भएको छ । बैंकले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएपछि लगभग ६.४७ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । सञ्चिती रकममा यसअघि बाड्न योग्य रकम रहेमा यो दर बढ्न सक्छ ।

बैंकको प्रतिसेयर आम्दानी ८.२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.३९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २१ रुपैयाँ रहेको छ ।

बैंकको सञ्चिती १ अर्ब १८ करोड रहेको छ । बैंकको निक्षेप संकलन ४७ प्रतिशतले बढेर ४२ अर्ब र कर्जा लगानी १४ प्रतिशतले बढेर ३९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७३.६३ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.१७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १६.५७ रहेको छ ।

बैंकको कर्मचारी लागत करिब ९ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ५ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा ६ अर्ब र सेयर धितोमा कर्जा ९ करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment